महाकाली अञ्चलमा पहिलो पटक सर्पदंश उपचार केन्द्र स्थापना

३० भाद्र २०७१, सोमबार १५:०० मा प्रकाशित

कञ्चनपुर, ३० भदौ । नेपाली सेनाको पहलमा महाकाली अञ्चलमा पहिलोपटक सर्पदंश उपचार केन्द्र सोमबार देखि सञ्चालनमा आएको छ ।

कञ्चनपुरको गरुडदल गणअन्तर्गतको अर्जुनी पोष्टमा एक कार्यक्रमका बीच नेपाली सेनाको २५ नम्बर बाहिनी भगतपुरका बाहिनीपति सहायकरथी गङ्गाबहादुर गुरुङले सर्पदंश उपचार केन्द्रको उद्घाटन गरे ।

सेनाले तराईका जिल्लामा सर्पदंश उपचार केन्द्र स्थापना गर्दै आउने क्रममा सुदूरपश्चिमका दुई स्थानमा उपचार केन्द्र सुरु गरेको छ ।
कैलालीको बडैपुरमा पनि सेनाले मातहतको गणमा एक महिनाअघि उपचार केन्द्र सञ्चालनमा ल्याइसकेको छ भने कञ्चनपुरमा आजदेखि शुभारम्भ गरेको हो ।

उपचार केन्द्रबाट यहाँका हजारौँ नागरिक लाभान्वित हुने बताइएको छ ।
त्यसैगरी गरुडदल गणका गणपति प्रमुख सेनानी श्रवणकुमार विष्टले सेनाले तराईका विभिन्न १२ स्थानमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ।नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

आजको प्रमुख समाचार