बोगटीको निधनले संबिधानसभा बैठक स्थगित

३० भाद्र २०७१, सोमबार १४:४४ मा प्रकाशित

काठमाडौं, ३० भदौ । पूर्व सभासद तथा एकीकृत माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएपछि सोमबार बस्ने भनिएको संविधानसभाको बैठक स्थगित भएको छ ।

संविधानसभाको बैठक सुरु हुने वित्तिकै अध्यक्ष सुवास चन्द्र नेम्बाङले बोगटीको निधन भएकाले आजको संविधानसभा तथा संसद बैठक नचल्ने जानकारी गराएका थिए ।
संविधानसभा राजनीतिक संवाद तथा सहमति समितिले पेस गरेको प्रतिवेदनमाथि छलफल हुँदै आएको छ ।

संवाद समितिले संविधानका अन्तरवस्तुमा दलहरुबीच जुटेको सहमतिका आधारमा संविधानसभाका प्रतिवेदन पेस गरेको थियो । सोमबारको बैठकमा पनि प्रतिवेदनमाथि छलफल हुने कार्य सूची रहेको थियो । संविधानसभाको अर्को बैठक असोज १ गते बिहान ११ बजे बस्ने छ । यस्तै, विपक्षीले अरुद्ध पार्दै आएको संसद बैठक पनि १ स्थगित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार