काँग्रेसमा ६ जना केन्द्रीय सदस्य मनोनयन

३० भाद्र २०७१, सोमबार १४:३४ मा प्रकाशित

काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेस ६ जना नेताहरुलाई केन्द्रिय सदस्य र ६ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

मनोनित हुनेमा जुम्लाका दीनबन्धु श्रेष्ठ, महोत्तरीका श्याम घिमिरे तनहुँका गोविन्द भट्टराई र प्रदीप पौडेल तथा महोत्तरीका गुरु घिमिरे रहेका छन् । त्यस्तै, रिक्त केन्द्रिय सदस्यमा कञ्चनपुरका प्रतापराम लोहार पनि मनोनित भएका छन् ।

कोइरालाले यज्ञराज जोशी कञ्चनपुर, दिलकुमारी राई सुनसरी, भोला चौधरी धनुषा, केशब सिंह डडेलधुरा, महेन्द्र शर्मा बर्दिया र कल्याण गुरुङ महोत्तरीलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

पार्टी विधान अनुसार नै उनीहरुलाई मनोनित गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार