एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन

३० भाद्र २०७१, सोमबार ११:५९ मा प्रकाशित

Posta-Bahadur-Bogati-काठमाडौँ, ३० भदौ । एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको आज बिहान निधन भएको छ । ६२ वर्षीय नेता बोगटीको नर्भिक अस्पतालमा उपचारको क्रममा आज विहान निधन भएको हो ।बोगटीलाई केही दिनअघि हृदयघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

हृदयघातको शल्यक्रिया गरेलगत्तै मस्तिष्कघातसमेत भएपछि उनको स्वास्थ्यस्थिति गम्भीर बनेको थियो । उनको शव अहिले एमाओवादी मुख्यालय पेरिसडाँडामा राखिएको छ । यसैगरी बोगटीको निधनमा सरकारले अधिराज्यभरी ३ दीन सम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । असोज ५ गते देशव्यापी श्रद्धान्जली सभा गरिने छ ।

पार्टीकार्यालयमा बोगटीको श्रद्धान्जलीपछि उनको पार्थिव शरिलाई अन्तिम श्रद्धान्जलीका लागि खुलामञ्चमा राखिने छ । बोगटीको अन्त्येष्टि आजै साँझ पशुपति आर्यघाटमा हुनेछ ।

बिहीबार राति हृदयघात र मस्तिष्कघात भएपछि उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । केन्द्रमा मुटुको शल्यक्रिर्या गरेपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार