‘खलंगामा हमला’लाई मदन पुरस्कार

२९ भाद्र २०७१, आईतवार २०:१५ मा प्रकाशित

काठमाडौं । २०७० सालको मदन पुरस्कार ‘खलंगामा हमला’ कृतिकी लेखिका राधा पौडेलले प्राप्त गरेकी छन् ।
नर्सका रुपमा जुम्लाको खलंगामा कार्यरत हुँदा २०५९ सालमा माओवादीले सदरमुकाम खलंगा आक्रमण गरेको बिषयमा राधाले ‘खलंगामा हमला’–एउटी नर्सको डायरी कृति लेखेकी थिईन ।

खलंगामा हमला हुँदा तत्कालिन माओवादीका लडाकु र सरकारी सेनाले हानाहान गरेका गोली आफ्नो कोठामा छिरेको सन्दर्भ उनले कृतिमार्फत उठाएकी छन् । उक्त हमलापछि जुम्लाको जागिर छोडेर काठमाडौं आएकी राधाले बिभिन्न एक्सन बक्र्स संस्था स्थापना गरी संचालन गरिरहेकी छन् ।

मदन पुरस्कार गुठीको आईतबार बसेको साधारण सभाले यस बर्षको जगदम्बा श्री पुरस्कार शिव रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली साहित्यिक र पत्रकारिताको गम्भीर अन्वेषण, पत्रकारिताको विशिष्ट संकलन र तीनको समिक्षा गरी नेपाली साहित्य तथा भाषाको सेवा गरेवापत उक्त सम्मान गर्न लागिएको गुठीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले