भेडाच्याङ्ग्राको बेचबिखन सुरु

२९ भाद्र २०७१, आईतवार १५:३२ मा प्रकाशित

काठमाडौं, २९ भदौ । दसैँ नजिकिँदै जान थालेपछि हिमालपारिको जिल्ला मुस्ताङमा भेडाच्याङ्ग्रा खरिद बिक्री गर्नेहरूको चहलपहल सुुरु भएको छ ।

दसैँतिहारजस्ता चाडबाडमा बजारमा मुस्ताङ्गी भेडाच्याङ्ग्राको माग उच्च हुने तर मुस्ताङ्गी उत्पादनले मात्र थेग्न नसकेपछि यस वर्ष छिमेकी तिब्बतबाट २० हजार भेडाच्याङ्ग्रा नेपाल ल्याउने तयारी भएको हो ।

त्यसका लागि मुस्ताङ्गी व्यापारी तिब्बत पुगेका जिल्ला पशुसेवा कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङका विभन्न ठाउँमा करिब ६२ हजार भेडाच्याङ्ग्रा पालिएको र तीमध्ये ७० प्रतिशत मासुका लागि योग्य भएको भए तापनि त्यतिले माग धान्न नसक्ने हुँदा तिब्बतबाट ल्याइने भएको हो ।

तिब्बतमा यस वर्ष एउटा च्याङ्ग्राको मूल्य १५ हजार रुपैयाँ रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका

काठमाडौं ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै

आजको प्रमुख समाचार