संबिधानसभाबाटै संबिधान जारी गर्न नेकपा–माओवादी सकारात्मक

२९ भाद्र २०७१, आईतवार १५:२६ मा प्रकाशित

काठमाडौं, २९ भदौ । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले संविधानसभाबाटै संविधान जारी गरे पनि आफूहरुको आपत्ति नरहेको स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लबमा आईतबार भएको साक्षात्कारमा गजुरेलले दलहरु राष्ट्रिय राजनीतिक सम्मेलन गर्न तयार भएकोले संविधानको अन्तरवस्तुमा सहमती भएपछि सम्मेलन वा संविधानसभा जहाँबाट संविधान जारी गरे पनि आफूहरुलाई आपत्ति नहुने उल्लेख गरेका हुन् ।

गजुरेलले राष्ट्रिय राजनीतिक सम्मेलनको आयोजना हुनु मुलुकको राजनीतिमा आईस बे्रक भएको भन्दै सम्मेलनमा शान्ति प्रक्रिया निष्कर्समा पुर्याउने, संविधानका अन्र्तबस्तुमा सहमति जुटाउने र समसामयिक राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयबस्तुको विषयमा छलफल हुने एजेण्डा रहेको बताए ।

उनले राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने सहमति पछि सहमतिमै संविधान जारी गर्ने विषयमा आफूहरु तयार रहेको भन्दै सहमति पछि जसले संविधान जारी गरे पनि आफुँहरु त्यसमा सहमत हुने स्पष्ट पारे ।
उनले आफुहरुले अघि सारेको ६ बुँदे प्रस्तावमा एमाओवादी गंभिर नभएकोले पार्टी एकताको कुनै सम्भावना नरहेको प्रस्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र

आजको प्रमुख समाचार