प्रधानमन्त्रीद्धारा राष्ट्रपति र माओवादी अध्यक्ष सँग अलग अलग छलफल

१४ जेष्ठ २०६९, आईतवार ०९:१३ मा प्रकाशित

काठमाडौ, १४ जेठ । संविधानसभाको म्याद सकिन थोरै समय मात्र बाँकी छँदा पनि दलहरुबीच सहमति हुननसकेपछि प्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रपति डा रामबरण यादवबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा संविधानका विवादका बिषयमा दलहरुबीच भइरहेको सहमतिको प्रयास र अवको उपायको बारेमा कुराकानी भएको बुझिएको छ । संविधानसभा भङ्ग भएमा के गर्ने र संविधानसभाको विकल्पमा अपनाउन सकिने रणनीतिको बारेमा पनि राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भएको थियो । राज्यपुनर्संरचना लगायतका विवादका विषयमा दलहरुले लामो छलफल गरे पनि सहमति जुटाउन नसकेपछि यसअघि पनि राष्ट्रपति यादवले पटकपटक जपसरी पनि संविधान जार्न गर्ने वातावरण मिलाउन आग्रह गर्नु भएको थियो ।
यसैवीच राष्ट्रपतिसँगको छलफलपछि सिघै प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाट स्थित निवास जानु भएको छ । उहाँले सहमतिकोलागी पार्टीले अपनाउने विकल्प र लचक त्यस्तै राष्ट्रपतिसँगको भेटवार्ताको विषयमा अध्यक्षसँग छलफल गर्नु भएको बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको