विनोदलाई स्वर्ण पदक

२९ भाद्र २०७१, आईतवार ०७:५१ मा प्रकाशित

Ramsaranकाठमाडौ २९ भदौ । आयोजक नेपाल सितेरियो कराते डो संघ, शाखा डोजो लैनचौरका विनोद मग्रातीले चौथो गिरिजा प्रसाद कोईराला स्मृति राष्ट्रिय खुल्ला कराते प्रतियोगिताको पुरुष २१ केजीमा शनिबार स्वर्ण जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा विनोदले जीवनज्योतिका राहुल गुरुङलाई पराजित गरे ।
पुरुषको १५ केजीमा न्यु लिराका राहुलकुमार ठाकुर, १८ केजीमा आयोजकका विपिन गुरुङ, २४ केजीमा आयोजकका दिवाकर लामा तथा २७ केजीमा जीवनज्योतिका अनिश लामिछानेले पहिलो स्थान हात पारे ।

महिला २१ केजीमा आयोजककी कुसुम पौडेल, २४ केजीमा जीवनज्योतिकी विनिता चापागाईं, २७ केजीमा आनन्दनगरकी सुनिता सिन्तान र ५५ केजीमा बौद्धकी सुनीता लामाले स्वर्ण जिते । दुईदिने प्रतियोगिताको अर्थ मन्त्री डा. रामशरण महतले एक कार्यक्रम उद्घाटन गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवेदन दिएकामध्ये अन्तिम पाँच जनाको अन्तर्वार्ता लिएको छ

काठमाडौं।सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल भोलि (शुक्रबार) बाट सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को

काठमाडौं । चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा आयोजना हुने भएको छ । नेपाल हक्की संघको आयोजनामा

काठमाडौं । फ्रेन्च लिग वानको खेलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । स्टार खेलाडी नेयमार

आजको प्रमुख समाचार