सोमबारदेखि मौसममा सुधार आउने

२९ भाद्र २०७१, आईतवार ०७:३७ मा प्रकाशित

काडमाडौ २९ भदौ ।  पूर्वी उत्तर क्षेत्रमा न्यून चापीय क्षेत्रको विकास भएका कारण मौसम बदली भई देशभर पानी पर्ने क्रम जारीे छ ।

न्यून चापीय क्षेत्रको विकासले बाक्लो बादल बढेपछि सोको प्रभाव नेपालमा परेकाले मुलुकभर पानी पर्नेक्रम अझै केही दिन जारी रहने मौसमविद् सुवास रिमालले जानकारी दिए ।

उनका अनुसार यो क्रमशः पूर्वतिर सर्दै गएकाले नेपालको पूर्वी, केन्द्रीय र केही पश्चिमी भेगमा बढी असर परेको छ, तथापि आगामी सोमबारदेखि मौसममा सुधार आउनेछ ।

अब केही दिनसम्म देशका पूर्वीर केन्द्रीय भेगमा बढी मौसम गडबड भई पानी पर्ने जनाइएको छ । मौसमविद् रिमालले विभागमा तीन दिनको मात्र मौसम पूर्वानुमान क्षमता भएकाले मौसमका बारेमा यकिन जानकारी दिन नसकिने बताए ।

भारतमा सात दिनसम्मको मौसम पूर्वानुमान गर्ने क्षमता रहेको बताइन्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र केन्द्रीय भेगमा आइतबार र सोमबार पानी पर्नेछ भने पश्चिमी भेगमा आंशिक बदली भई हल्का पानी पर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा