महाधिवेशन स्थगित भएपछि नेविसंघ कार्यकर्ता अनसनमा

२८ भाद्र २०७१, शनिबार १९:२० मा प्रकाशित

काठमाडौं, २८ भदौ । नेपाल बिद्यार्थी संघको बर्तमान तदर्थ समिति बिगठन गरी बिषेश संयन्त्रको निमार्ण गरेर पार्टीले महाधिवेशन आयोजना गर्नु पर्ने माग गर्दै नेबिसंघका दुई कार्यकर्ताले आमरण अनसन सुरु गरेका छन् ।

मातृ पार्टी नेपाली काँग्रेसले महाधिवेशनको तयारी नपुगेको भन्दै शनिबार बिहान महाधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो । भोलिबाट सुरु हुने भनिएको महाधिवेशन आज बिहान स्थगित भएपछि तत्काल महाधिवेशन गरिनु पर्ने मागसहित नेबिसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र नेबिसंघ त्रिभूवन विश्वबिद्यालय पूर्व इकाई कमिटीका सभापति शंकर पौडेलले आजबाट आमरण अनसन सुरु गरेका हुन् ।

उनीहरुले नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा साँझ ७ बजेबाट अनसन सुरु गरेका छन् ।
यस अघि महाधिवेशन स्थगित गरिएको बिरोधमा देशभरबाट काठमाडौं आईपुगेका नेबिसंघका प्रतिनिधिहरुले आज एक बिरोध सभाको आयोजना गरेका छन् ।

आईतबार महाधिवेशन उद्घाटनको तयारी गरिएको बाल्मीकी क्याम्पसमा असन्तुष्ट बिद्यार्थीहरुले बिरोध कार्यक्रम गरी तत्काल महाधिवेशनको मिति तय गर्नु पर्ने माग गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

आजको प्रमुख समाचार