१३ प्रदेशमा जाने काग्रेसको नयाँ प्रस्ताव, चार दलको बैठक सुरु

१४ जेष्ठ २०६९, आईतवार ०९:०६ मा प्रकाशित


काठमाडौ, १४ जेठ । संविधान निर्माणको क्रममा राज्यको पुर्नसंरचनामा देखिएको विवादमा सहमति जुटाउन संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा सहित तीन दलका शिर्ष नेताहरुको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रदेशको संख्या, प्रदेशको नामकरण र सिमाङकन त्यस्तै संघीय आयोग गठन गर्ने, आज अन्तिम दिन कस्तो संविधान जारी गर्ने र संविधानसभाको विकल्प लगायतका विषयमा छलफल गरीरहेको बताईएको छ ।
यसैवीच आजै विहान नेपाली काग्रेसले आन्तरिक छलफल गरेर विवाद समाधानको नयाँ प्रस्ताव तयार पारेको छ । स्रोतका अनुसार काग्रेसले बहुपहिचानको आधारमा १३ वटा प्रदेशमा जाने गरी नयाँ प्रस्ताव तयार पारेको छ । त्यसको अन्य आधारको विषयमा भने केही खुल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।