इरानको साथ चाँहिदैनः अमेरिका

२८ भाद्र २०७१, शनिबार १८:५९ मा प्रकाशित

काठमाडौं, २८ भदौ । इस्लामिक चरम्पन्थीबिरुद्धको कारबाहीका बिषयमा छलफल गर्न टर्कीमा पुगेका अमेरिकी विदेश मन्त्री जोन केरीले आफ्नो अभियानमा इरानलाई सहभागि नगराउने बताएका छन् ।

१० ओटा अरवी देशले आइएस विरुद्धको कारवाहिमा अमेरिकालाई सघाउन सहमत भए पछि त्यसमा इरानलाई समावेश नगर्ने केरीले उल्लेख गरेका हुन् ।
इरान तथा अमेरिकाले उत्तरी र पश्चिमी इराकमा इस्लामिक स्टेटको विरुद्ध सैन्य सहायताको प्रस्ताव गरेका थिए । तर अमेरिका इरानको परमाणु कार्यक्रम र सीरियाबिरुद्धको नीतिमा सहमत नभएको केरिको भनाई छ ।

इरानले सिरियाको बशर अल असद सरकारको समर्थन गरिरहेको छ । तर अमेरिका र अन्य अरवी देशहरुले असद सरकार विरुद्ध उत्रिएको विद्रोहीलाई सहयोग गर्दै आएका छ ।

आइएस विरुद्ध कारवाहिका लागि इजिप्ट, इराक, जोर्डन, लेवनान, बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र युएइले अमेरिकालाई साथ दिने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतको कर्नाटकमा पहिलोपटक कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोनका दुईजना संक्रमित फेला परेका छन्। भारत सरकारको प्रयास हुँदाहुँदै पनि नयाँ भेरियन्टका

न्यु योर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अफ्रिकी महादेशसँग कोभिड–१९ को महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले

लस एञ्जलस । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका

काठमाडौँ ।२०१९ को मध्यतिरदेखि देखा परेको कोरोना भाइरसले अझै पनि विश्वलाई आक्रान्त पारिरहेको छ । समयसँगै परिवर्तन भइरहने यो भाइरसको

आजको प्रमुख समाचार