अछाम पूर्ण खोप युक्त घोषणा

२८ भाद्र २०७१, शनिबार १८:५२ मा प्रकाशित

अछाम, २८ भदौ । अछाम जिल्लालाई आज देशकै तेस्रो तथा सुदूरपश्चिमको पहिलो जिल्लाको रुपमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरीएको छ ।

२०६९ पुष १४ गते जिल्लाको भागेश्वर गाविसवाट सुरु भएको पूर्ण खोप अभियानले २०७१ वैशाख १२ गते तिमिल्सैन गाबिसमा पुगेर पूर्णता पाएपछि भण्डै साँढे ४ महिनापछि जिल्लालाई नै पूर्ण खोपयुक्त घोषणा गरीएको हो ।

यो आर्थिक वर्षमा जिल्ला भरीका खोप उमेर समुहका ३४ हजार ४ सय २६ बालबालिकालाई सम्पूर्ण खोपको मात्रा लगाईएपछि जिल्लालाई पूर्ण खोप घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । जिल्लाका ७५ वटै गाबिसमा अभियानले सफलता पाएपछि आज औपचारीक रुपमा घोषणा गरीएको हो ।

यसअघि नेपालका नवलपरासी र पाल्पा जिल्ला पूर्णखोप युक्त जिल्ला घोषणा भईसकेका छन् । जिल्लालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले आज एक कार्यक्रमका विच पूर्णखोपयुक्त घोषणा गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको

बैतडी । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले आफ्नो देश प्रवेशका नाकाहरुमा कडाई गरेको छ । भारतले

काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बिहिबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ।