बोगटीको स्वास्थ्य गम्भीर बन्दै

२८ भाद्र २०७१, शनिबार १८:४८ मा प्रकाशित

काठमाडौं, २८ भदौ । हृदयघात र मस्तिष्कघातका कारण अस्पतालमा भर्ना हुनुभएका एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य गम्भीर बन्दै गएको छ ।

काठमाडौंको नर्भिक अस्तालमा उपचाररत बोगटीको स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि चिकित्सकहरुले भारत लैजान सुझाव दिएका छन् ।
उनको स्वासप्रस्वासमा समेत समस्यादेखिएपछि आज भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । उनलाई एयर एम्बुलेन्समा राखेर भारत लैजानेबारे छलफल भैरहेको चिकित्सकहरुले जनाएका छन् ।

बिहिबार राती हृदयघात भएपछि बोगटीको बाँसबारीस्थित गंगालाल राष्ट्रि हृदय रोग उपचार केन्द्रमा भर्ना गरिएको थियो । पछि मस्तिष्कघातको पनि समस्या देखिएपछि नर्भिकमा रिफर गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र

आजको प्रमुख समाचार