मन्त्री हेरफेरले एमालेमा तनावः पार्टीमा आक्रोश बढ्यो

२८ भाद्र २०७१, शनिबार १८:४२ मा प्रकाशित

काठमाडौं, २८ भदौ । आकस्मिक रुपमा मन्त्री हेरफेर भएपछि सत्तारुढ दल नेकपा एमाले भित्र विवाद बढेको छ । अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले २ जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नियुक्तिकालागि सिफारिस गरेपछि विवाद सतहमा आएको हो ।

संसदीय दलको सिफारिस अनुसार शुक्रबार प्रधानमन्त्री सुशील कोइरालाले उद्योग मन्त्री कर्ण थापा र संस्कृति मन्त्री भीम आचार्यलाई फिर्ता पठाएर महेश बस्नेत र दिपक अमात्यलाई मन्त्रीमण्डलमा समाबेश गरेका थिए ।
यो प्रकरणलाई लिएर नेकपा एमालेका नेता माधबकुमार नेपाल पक्षले असन्तुष्टि जनाएको हो ।

Uml
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीमा कुनै छलफल नभएको र मन्त्री हटाइएको र थपिएको कुरा समाचारबाट थाहा पाएको बताए । निकै आक्रोशमा रहेका उपाध्यक्ष ज्ञवालीले अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीलले आफुहरुका कुरा नसुनेको जिकिर गरे ।

मन्त्रीमा भएको हेरफेरका कारण विवाद छताछुल्ल भएपछि पूर्व अध्यक्ष तथा बरिष्ठ नेता झलनाथ खनालले युवा संघको कामको मुल्यांकन गरेरै महेश बस्नेतलाई मन्त्री बनाएको दावी गरेका छन् । पार्टीले युवा संघको कामलाई उच्च मूल्यांकन गरेको भन्दै खनालले त्यहि अनुरुप बस्नेतलाई उद्योेग मन्त्रालयको जिम्मा दिइएको जिकिर गरे ।

खनालले अब मुलुकमा युवा उद्य्मशीलता बढाउनुपर्ने आवश्यकता रहेको भन्दै बस्नेतले मुलुकको औद्योयोगिक क्षेत्र सुधारमा उल्लेखिय योगदान दिने अपेक्षा गरेका छन् । खनालले युवा संघले एमालेको पक्षमा मुलुकभरका युवाहरुलाई जागरुक बनाएको र संविधानसभा निर्वाचनमा युवा जनमत एमालेको पक्षमा ल्याउन भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
एमालेले पर्यटनमन्त्री भीम आचार्य र उद्योेगमन्त्री कणबहादुर थापालाई सरकारबाट फिर्ता बोलाएर दीपकचन्द्र अमात्य र महेश बस्नेतलाई मन्त्री बनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

गलेश्वर । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को