‘धर्म निरपेक्षता’ नेपालीलाई घाँडो बन्दै

२८ भाद्र २०७१, शनिबार १३:४६ मा प्रकाशित

काठमाडौं, २८ भदौ । पहिलो संबिधानसभाको पहिलो बैठकले नै देश धर्म निरपेक्षतामा प्रवेश गरेको घोषणा गरेको थियो । भर्खरै शान्ति प्रक्रियामा आएर सबैभन्दा ठूलो दलका रुपमा संबिधासभामा प्रवेश गरेको माओवादीको प्रस्तावमा रैथाने दलहरु नेपाली काँग्रेस र नेकपा एमाले लगायतका दलहरुले देश धर्म निरपेक्षतामा गएको घोषणा गरेका थिए ।

तत्कालिन समयमा कमल थापा नेतृत्वको राप्रपा नेपाल बाहेकका दलले धर्म निरपेक्षताको प्रस्तावमा ताली पड्काएर समर्थन जनाएका थिए । यद्यपी धर्म निरपेक्षता, संघीयता जस्ता महत्वपूर्ण निर्णय गरेको संबिधानसभा संबिधान निर्माण नगरी बिगठन भएपछि दोस्रो संबिधानसभासम्म आईपुग्दा यस्ता बिषयहरु संकटमा परेका छन् । संघीयताको बिषयमा राष्ट्रिय जनमोर्चाले पहिलो संबिधानसभाबाटै बिरोध गर्न सुरु गरेको थियो भने धर्मनिरपेक्षताका बिषयमा खासगरी हिन्दुवादी संगठनहरु र राप्रपा नेपालले बिरोध गरेका थिए ।

पछिल्लो संविधानसभामा संघीयताका बिषयमा जनमत बढ्दै गएपछि धर्मनिरपेक्षाका बिषयमा भने बिरोधका स्वरहरु चर्किन थालेका छन् ।
भ्रष्टाचारको आरोपमा जेल जिवन बिताएर केहि महिना अघि जेलमुक्त भएका काँग्रेस नेता खुमबहादुर खड्काले धर्मनिरपेक्षतासहितको संबिधान जारी भए जलाउने धम्की दिएको केहि दिन बित्न नपाउँदै एमालेका प्रभावशाली एक नेताले पनि उक्त आवाजलाई बल पुग्नेगरी अभिव्यक्ती दिएका छन् ।

एमाले नेता डा. मोदनाथ प्रश्रितले एक कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै धर्म निरपेक्षता अन्धोपन भएको टिप्पणी गरेका छन् । उनले देशमा धर्मनिरपेक्षता घोषणा गर्नु हरेक दृष्टिकोणबाट घातक भएको समेत जिकिर गरेका छन् ।

शुक्रबार ललितपुरको बालकुमारीस्थित माईलस्टोन प्रकाशनले आयोजना गरेको ‘नेपालमा धर्मनिरपेक्षता कि धार्मिक स्वतन्त्रता’ बिषयक अन्तक्रियामा कार्यपत्र प्रस्तुत गर्दै प्रश्रितले पश्चिमा शक्तिहरु धर्म प्रचारका माध्यमबाट आफ्नो राजनीतिक वा धार्मिक प्रभाव बिभिन्न कमजोर मुलुकमा जमाउन लागिपरेको आरोप लगाए ।

उनले पश्चिमाहरुको यस्तो रणनीति नेपालका कम्युनिष्टहरुले नबुझेर उनीहरुको लहैलहैमा लागेको आरोप समेत लगाए ।
पछिल्लो समय बिभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरुले धर्मनिरपेक्षताको बिरोध गर्न थालेपछि धर्मनिरपेक्षतानै संगटमा पर्न लागेको आशंका गर्न थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवाको समूहबाट महामन्त्रीको प्रत्याशी थिए। देउवा सभापतिमा निर्वाचित भए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक(आईजीपी)

जनकपुरधाम।नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अनिश्चत बनेको छ । प्रदेश अधिवेशनको उद्घाटन भएको ४ दिन भइसक्दा पनि सबै जिल्लाबाट अधिवेशन

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

आजको प्रमुख समाचार