अमेरिकाले लगायो रुसविरुद्ध नयाँ प्रतिबन्ध

२८ भाद्र २०७१, शनिबार ११:१७ मा प्रकाशित

एजेन्सी, २८ भदौ । अमेरिकाले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाएको छ । युक्रेनका पृथकतावादीहरुलाई सहयोग पुर्याएको भन्दै अमेरिकाले रुसका ठूला बैंक,रक्षा र उर्जा कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाएको हो ।

रुसमाथि आथिर्क नाकाबन्दीलाई अझ कडा बनाउने युरोपेली संघको निर्र्णय लगत्तै अमेरिकाले यस्तो निर्णय लिएको हो । अमेरिकाको यस निर्णयबाट रुसको सबैभन्दा ठूलो बैंक सबर बैंक, रक्षा व्यवस्थापकीय क्षेत्रमा असर पर्ने बीबीसीले जनाएको छ ।

युक्रेन र रुस समथिर्त पृथकतावादीबीच युद्ध रोक्न सहमति भएपनि अमेरिकाले थप नाकाबन्दी लगाएको हो । हतियारले सज्जित करिब एक हजार सैनिक युक्रेन भित्रै तथा करिब २० हजार सैनिक सीमामा रहेको ‘नेटो’को आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतको कर्नाटकमा पहिलोपटक कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोनका दुईजना संक्रमित फेला परेका छन्। भारत सरकारको प्रयास हुँदाहुँदै पनि नयाँ भेरियन्टका

न्यु योर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अफ्रिकी महादेशसँग कोभिड–१९ को महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले

लस एञ्जलस । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका

काठमाडौँ ।२०१९ को मध्यतिरदेखि देखा परेको कोरोना भाइरसले अझै पनि विश्वलाई आक्रान्त पारिरहेको छ । समयसँगै परिवर्तन भइरहने यो भाइरसको

आजको प्रमुख समाचार