सर्वपक्षीय राजनीतिक सभाको प्रारुप तयार हुँदै

२८ भाद्र २०७१, शनिबार ११:०९ मा प्रकाशित

काठमाडौं, २८ भदौ । आगामी मंगलबार हुने सर्वपक्षीय राजनीतिक सभाको प्रारुप र कार्यविधीबारे शनिबार छलफल हुने भएको छ ।
नेकपा माओवादीले उठाँउदै आएको सर्वपक्षीय राजनीतिक सभा गर्न सहमत भएका दलहरु त्यसको कार्यविधिबारे भने अझै अन्यौलमा रहेका छन् ।

सभामा संविधानसभामा भएका ३१ दलका साथै माओवादी मोर्चामा सहभागी ३३ दललाई कसरी सहभागी गराउने भन्ने कार्यदलले टुङगो लगाउनेछ ।
कार्यदलले तयार पारेको सहमतिको प्रारुपलाई चारदलका शीर्ष नेताहरूको बैठकका लगि अन्तिम रुप दिइनेछ ।
संविधान सभाका शीर्ष तीन दल र नेकपा माओवादी सहितको चार दलिय कार्यदल गठन गरिएको थियो ।

यसअघि हिजोको बैठकमा ३१ गते मंगलबार संविधानसभा भवन नयाँ बानेश्वरमा सभा गर्ने निर्णय गरेपनि कार्यविधिबारे सहमति भएको थिएन । कार्यविधिका बारेमा आजको बैठकले टुंगो लगाउने तयारी गरिएको हो ।
राष्ट्रिय राजनीतिक सम्मेलनको संविधानका अन्तरबस्तुमा सहमति जुटाउनुनै मुख्य उद्देश्य रहेको एकीकृत नेकपा माओवादीका नेता खिमलाल देबकोटाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न

काठमडौँ । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।