सप्तरीमा कुपोषित बालबालिकाको संख्या घट्यो

२८ भाद्र २०७१, शनिबार १०:५७ मा प्रकाशित

सप्तरी, २८ भदौ । सप्तरी जिल्लामा केही वर्षदेखि कुपोषित बालबालिकाको सङ्ख्या घट्न थालेको छ ।

कुपोषण समस्या निराकरणका लागि प्रचारात्मक, रक्षात्मक र प्रतिरोधात्मकलगायत कार्यक्रम सञ्चालन गरेपछि कुपोषित बालबालिकाको सङ्ख्या घट्दै गएको हो ।

तीन वर्षअघि ३२ प्रतिशत कुपोषित बालबालिका रहेको सप्तरीमा यस वर्ष कुपोषित बालबालिकाको सङ्ख्या ११ प्रतिशतमा झरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

गत वर्ष गरिएको स्वास्थ्य सर्वेक्षणमा २१ प्रतिशत कुपोषित बालबालिका रहेकोमा यस वर्ष झन्डै आधा अर्थात ११ प्रतिशत मात्र कुपोषित बालबालिका रहेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाले जानकारी दिए ।

कुपोषित बालबालिकामध्ये ४ दशमलव ७ प्रतिशत बालबालिकालाई तत्काल स्वास्थ्य उपचार नभए मर्न सक्ने अवस्था रहेको जनस्वास्थ्य प्रमुख झाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार