नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै

२८ भाद्र २०७१, शनिबार ०७:५१ मा प्रकाशित

आइतबारबाट काठमाडौमा सुरुहुने नेपाल विद्यार्थीसंघको महाधिबेशनबारे अन्तिम निर्णय गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

भोली काठमाडौको बाल्मीकिमा महाधिबेशन उद्घाटन गर्ने र कीर्तिपुरमा बन्द सत्र गर्ने यसअघिनै तय भइसकेको छ ।

तर प्रतिनिधी विवादका कारण महाधिबेशनका विषयमा अन्यौलता बढेकाले पदाधिकारी बैठक बसेरै सवै विषय टुंगाउदै महाधिबेशन गराउने तयारी नेपाली कांग्रेसले गरेको छ ।

यसकालागि प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल महामन्त्री द्वय प्रकाशमान सिंह र कृष्ण सिटौला सहितका नेताहरु छलफलमा जुटेका हुन् ।

अहिले सम्म ६९ वटा जिल्लाका प्रतिनिधीहरुको टुंगो लागि सकेको र बाँकी ६ वटा जिल्लाको पनि आज दिउसो सम्ममा टुंगाउने नेविसंघले जनाएको छ ।

टुंगाएका जिल्लामा फेरि विवाद देखिए ती जिल्ला र क्याम्पस इकाईलाई महाधिबेशनमा सहभागि नगराउने तयारी गरिएको नेविसंघका एक नेताले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास