सर्वपक्षीय राजनीतिक सभाको प्रारुप तयार हुँदै

२८ भाद्र २०७१, शनिबार ०७:४३ मा प्रकाशित

काठमाडौ २८ भदौ / आगामी मंगलबार हुने सर्वपक्षीय राजनीतिक सभाको प्रारुप र कार्यविधीबारे आज छलफल हुने भएको छ ।

नेकपा माओवादीले उठाँउदै आएको सर्वपक्षीय राजनीतिक सभा गर्न सहमत भएका दलहरु त्यसको कार्यविधिबारे भने अझै अन्यौलमा रहेका छन् ।

सभामा संविधानसभामा भएका ३१ दलका साथै माओवादी मोर्चामा सहभागी ३३ दललाई कसरी सहभागी गराउने भन्ने कार्यदलले टुङगो लगाउनेछ ।

कार्यदलले तयार पारेको सहमतिको प्रारुपलाई चारदलका शीर्ष नेताहरूको बैठकमा लगि अन्तिम रुप दिइनेछ ।

संविधान सभाका शीर्ष तीन दल र नेकपा माओवादी सहितको चार दलिय कार्यदल गठन गरिएको थियो ।

यसअघि हिजोको बैठकमा ३१ गते मंगलबार संविधानसभा भवन नयाँ बानेश्वरमा सभा गर्ने निर्णय गरेपनि कार्यविधिबारे सहमति भएको थिएन ।

कार्यविधिका बारेमा आजको बैठकले टुंगो लगाउने तयारी गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार