राष्ट्रिय खुला कराते प्रतियोगिता आज देखि

२८ भाद्र २०७१, शनिबार ०७:३४ मा प्रकाशित

काठमाडौ २८ भदौ । चौथो राष्ट्रिय खुला गिरिजाप्रसाद कोइराला स्मृति कराते प्रतियोगिता आजबाट काठमाडौमा सुरुहुँदै छ ।

पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलबाट करिब ७०० खेलाडीले भाग लिने उक्त प्रतियोगितामा २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा २० केजी २४ केजी, २७ केजी, ३० केजी, ३५, केजी ४०, केजी ४५, केजी ५० केजी ५५ केजी र ६० केजी तौलसमूहमा स्पर्धा हुनेछ ।
दुईदिने सो प्रतियोगितामा स्वर्ण, रजत र कास्यपदक हात पार्ने टोलीले प्रमाणपत्रका साथै ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिता प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको सम्झनामा गर्न लागिएको आयोजक समितिका संयोजक रामकुमार थारुले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणकाे अन्तिम खेलमा आज (मंगलबार) समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’का खेलहरू हुँदैछन् ।

काठमाडौं।आठौंपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) का प्रशिक्षक फुजा तोपे नेपाल आइपुगेका छन् । मंगलबार

अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकार उल्लंघनमा घटनामा

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेका नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको

आजको प्रमुख समाचार