एमालेले दुई मन्त्रि फिर्ता बोलायो, महेश बस्नेत र दीपक अमात्य नयाँ मन्त्रि

२७ भाद्र २०७१, शुक्रबार २२:०५ मा प्रकाशित

Mahesh Basnetकाठमाडौं, २७ भदौ । एमालेले आफ्ना दुई मन्त्रीहरु संस्कृति, पर्यर्टन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्य र उद्योग मन्त्री कर्णबहादुर थापालाई फिर्ता बोलाएको छ । उक्त स्थानमा एमालेको सिफारिसमा प्रधानमन्त्री सुशील कोइरालाले दीपकचन्द्र अमात्यलाई संस्कृति, पर्यर्टन तथा नागरिक उड्डयन र महेश बस्नेतलाई उद्योग मन्त्री नियुक्त गरेका छन् ।

एमालेले संस्कृति, पर्यर्टन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्य र उद्योग मन्त्री कर्णबहादुर थापालाई फिर्ता बोलाएको हो । एमालेको सिफारिसमा प्रधानमन्त्री सुशील कोइरालाले दीपकचन्द्र अमात्यलाई संस्कृति, पर्यर्टन तथा नागरिक उड्डयन र महेश बस्नेतलाई उद्योग मन्त्री नियुक्त गरेका हुन् ।

दुई मन्त्रालय बाहेक मन्त्रिपरिषद्का अन्य सदस्यहरुको कार्यविभाजन यथावत रहेको प्रधानमन्त्रीको सचिवालयको विज्ञप्तीमा उल्लेख छ । फिर्ता बोलाइएका पर्यटनमन्त्री आचार्य बरिष्ठ नेता झलनाथ खनाल निकट हुन् भने उद्योगमन्त्री थापा अध्यक्ष केपी शर्मा ओली निकट हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार