नेपाली खेलकुदमा फेरी भद्रगोल

२७ भाद्र २०७१, शुक्रबार १९:३३ मा प्रकाशित

काठमाडौं, २७ भदौ । नेपाली खेलकुदमा फेरि विवाद फेरि खेलकुद क्षेत्रमा विवाद बल्झीएको छ । असोज तीन गतेबाट दक्षिण कोरियाको इन्चोनमा सुरुहुने सत्रौ एशियाडको विषयलाई लिएर नेपाली खेलकुदमा विवाद सुरु भएको हो ।

नेपालमा अहिले २ वटा ओलम्पिक कमिटि रहेका छन् । एउटा सर्वोच्च अदालतले मान्यता दिएको रुक्म शमसेर राणा नेतृत्वको ओलम्पिक कमिटि र अर्को धु्रबबहादुर प्रधान जसलाई अन्र्तराष्ट्रिय ओलम्पिक कमिटिको मान्यता छ ।
दुई वटा ओलम्पिक कमिटि रहेकाले कस्ले गरेको काममा सहभागि हुने भन्ने विषय अहिले पेँचीलो बनेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब युवराज लामा एकीकृत माओवादी निकट हुन भने अहिले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी नेकपा एमालेले लिएको छ । एमालेबाट मन्त्री भएलगत्तै युवातथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले राखेपका सदस्य सचिब लामालाई आस्थाकै कारण हटाए । सदस्य सचिव लामा पनि के कम उनले व्यक्तिगत गालि गलौच गर्दै सर्वोच्च सम्म पुगे ।

सर्वोच्चले अन्तरिम आदेश दिएर उनलाई पुनः सदस्य सचिबमा थमाई दियो । र उनी अहिले सदस्य सचिबको भूमिकामा रहेका छन् । सदस्य सचिबको नाताले एसियाडमा सहभागि हुन उनी दक्षिण कोरिया जानु पर्ने हो । तर उनले अहिले खेलाडी मात्रै दक्षिण कोरिया जाने र आफु लगाएत राखेपका अरु पाँच जना भने सहभागि नहुने घोषणा गरे । कारण थियो ओलम्पिक कमिटिको विवाद । एसियाडमा अन्र्तराष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटिको कोटामा जानु पर्ने ।

तर सर्वोच्चको फैसलाले सदस्य सचिब पद कायम राख्न सफल लामा गएको भए सर्वोच्चको मान हानी हुने थियो । कारण नेपालमा सर्वोच्च अदालतले मान्यता दिएको अर्को ओलम्पिक कमिटि रुक्म शमसेर राणा नेतृत्वको हो ।

नेपाली खेलकुदमा स्वार्थ केन्द्रित राजीनीतिको शिकार बन्दै पनि गएको छ । जसले गर्दा जसको शक्ति उसैको भक्ति भन्ने उखान पनि चरितार्थ हुन थालेको छ । यसलाई चिर्दै राखेप सदस्य सचिब लामाले अहिले कोरिया नजाने घोषणा त गरे अब अन्र्तराष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटिका अन्य कार्यक्रममा सहभागि हुन जान्छन की जाँदैनन् त्यो भने भविष्यलेनै देखाउला ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं । सरकारले भारतबाट वर्ष दिनअघि ल्याएको रेल सञ्चालनका लागि कानुनी बाटो खुलाउन अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा

काठमाडौं।सुरुआती अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा छिमेकी थ्री स्टारसँग अंक बाँड्न बाध्य भएको छ ।

काठमाडौं । दोस्रो कार्यकालका लागि नेपाली काँग्रेसको सपभापति बन्न भरमग्दूर प्रयास गरिरहेका शेरबहादुर देउवालाई आफ्नै गुट व्यवस्थापन चुनौती बनेको छ

आजको प्रमुख समाचार