आईएससँग ३१ हजार लडाकु

२७ भाद्र २०७१, शुक्रबार १५:३६ मा प्रकाशित

काठमाडौं, २७ भदौ । इराक र सिरियामा संघर्षरत आतंकवादी संगठन इस्लामिक स्टेट आइएससँग ३१ हजार लडाकु रहेको अमेरिकाको जासुसी संस्था सीआइएले जनाएको छ ।

यसअघि अनुमान गरिएको भन्दा ३ गुणा बढि इस्लामिक स्टेटका लडाकु रहेको इराक र सिरियामा रहेको सीआइएले उल्लेख गरेको छ ।
यसअघि सीआइएले सो समूहसँग १० हजार लडाकु रहेको अनुमान गरेको थियो ।

मे महिनादेखि अगष्ट महिनासम्म गरिएको जासुरी अनुसन्धानका आधारमा ३१ हजार आइएसका लडाकुहरु रहेको सीआइएका प्रवक्ता रेयन ट्रपनीले जनाएका छन् ।
अमेरिकी हवाई सैनिक परिचालनका बाबजुद सो समूहले पछिल्लो समयमा इराकका विभिन्न भागमा कब्जा जमाएको छ ।

यसअघि इराक र सिरियामा अमेरिकाले गर्दै आएको आतंकवादी गतिविधिको विरोधमा १० ओटा अरबियन देशहरुले सहयोग गर्न बताइसकेका छन् ।
अमेरिकाले आइएस विरुद्ध कारवाहिका लागि १ सय ५० विमान आक्रमण गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार

काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको