सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा एमाले र बैद्यपक्षवीच सहमति भएन

१३ जेष्ठ २०६९, शनिबार २२:२० मा प्रकाशित

काठमाडौ, १३ जेठ । प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा एमालेका प्रभावशाली नेता र माओवादीको बैद्य पक्षधर नेताहरुवीच भएको छलफल सहमतिमा टुङगीन सकेन ।
राजधानीको थापा गाँउ स्थित बैद्य पक्षीय नेता कुलबहादुर केसी सोनामको निवासमा बसेको बैठकमा एमालेका तर्फबाट प्रभावशाली नेता केपी ओली र महासचिव ईश्वर पोख्रेल र माओवादीका तर्फबाट बरिष्ठ नेता मोहन बैद्य किरण, सीपी गजुरेल लगायतका नेताहरुको सहभागिता रहेको छ ।
दुई पक्षवीच प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र प्रधानमन्त्रीलाई हटाउने विषयमा सहमति भए पनि सरकारको बर्खास्तको विषयमा भने सहमति नभएको बताईएको छ ।
एमालेले ब्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव पेश गरेर छलफल गर्ने समय नभएकोले सभासदहरुको हस्ताक्षरसहितको अविश्वास प्रस्ताव राष्ट्रपति समक्ष पेश गर्न प्रस्ताव गरेका थिए । जसलाई बैद्य पक्षले संबैधानिक राष्ट्रपतिलाई कार्यकारी बनाउने चाल भन्दै त्यसलाई अस्विकार गरिदिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी