सर्वदलीय बैठकको तयारीबारेको प्रतिवेदन तयार

२७ भाद्र २०७१, शुक्रबार १५:२८ मा प्रकाशित

काठमाडौं, २७ भदौ । सर्वदलीय राजनीतिक सम्मेलनको तयारीका लागि गठन गरिएको चार दलीय कार्यदलले शनिबार शीर्ष नेताको बैठकमा प्रतिवेदन बुझाउने भएको छ ।

कार्यदलले हालसम्म गरेको कामको प्रतिवेदन शीर्ष बैठकमा पेस गर्ने तयारी भइरहेको नेकपा–माओवादीका प्रवक्ता तथा कार्य दल सदस्य पम्फा भुसालले जानकारी दिईन ।

संविधानका अन्तरवस्तु र शान्ति प्रक्रियाबारे छलफल गर्न दलहरु सर्वदलीय राजनीतिक सम्मेलन गर्न तयार भएपछि त्यसको तयारीका लागि कार्य दल गठन भएको थियो ।

हिलो शीर्ष नेताबीच सम्मेलन कहिले गर्ने भन्नेबारे कुरा नमिलेपछि पुनः कार्यदललाई नै जिम्मा लगाइएको थियो ।

सर्वदलीय राजनीतिक सम्मेलन कहिले गर्ने भन्ने विषयमा दलहरुबीच मतमेद रहेको छ । काँग्रेस र एमालेले भदौ २९ वा ढिलोमा ३१ गते र नेकपा–माओवादीले असोज १ वा २ गते सम्मेलन गर्ने प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा