शासकीय स्वरुपका बिषयमा दलहरुबिच मतभेद

२७ भाद्र २०७१, शुक्रबार १५:२६ मा प्रकाशित

काठमाडौं, २७ भदौ । संविधानसभा राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन माथि संविधान सभामा शुक्रबारदेखि छलफल सुरु भएको छ ।

संविधान सभा भवन नयाँ बानेश्वरमा भएको छलफलमा सभासद्हरुबीच भावी संविधानमा कस्तो शासकीय स्वरुपको व्यबस्था गर्ने भन्ने बारे मत बाभिएको छ ।

सभासद्हरुले जनताले दिएको म्याण्डेडअनुसार माघ ८ मै संविधान जारी गर्नुपर्नेबताएका छन् । छलफलमा भागलिदै नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तोकिएको समयमै संविधान जारी गर्न आफ्नो पार्टीको प्रतिबद्धता रहेको बताए ।

उनले संविधानका अन्तरवस्तुमा सहमति नगर्न आएको दवावको प्रभाव नगर्न समितिका सभापति डा. बाबुराम भट्टराईलाई आग्रह गरे ।
एकीकृत माओवादीका अग्नी सापकोटाले प्रदेशको संख्यामा नभइ सत्तारुढ दलको नियतमा समस्या रहेका कारण संविधान बन्न कठिनाइ परिरहेको दावी गरे ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा समय थपगर्न पल्केका राजनीतिक दलले यसपटक पनि संविधान बन्ने संभावना कमजोर बनेको बताए ।
राप्रपाका दीपक बोहराले माघ ८ मा संविधान जारी गर्ने संभावना सकिएको बताए ।

बैठकमा बोल्दै समितिका सभापति डा. बाबुराम भट्टराईले संबिधान निर्माणको यो अन्तिम अबसर हुन सक्ने भन्दै यसलाई सदुपयोग गर्न सबैको सहयोग आवश्यक पर्ने बताए । उनले संबिधानका विवादित बिषयहरु सकेसम्म सहमतिमै टुंग्याउने भएकाले अहिले नै प्रक्रियाका बिषयमा सोच्ने समय नभएको स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार