दशैंको टीका १० बजेर १५ मिनेटमा

२७ भाद्र २०७१, शुक्रबार १५:११ मा प्रकाशित

काठमाडौं, २७ भदौ । यस वर्ष बडा दशैंको टीका लगाउने साइत आसोज १७ गते विहान १० बजेर १५ मिनेटमा उपयुक्त रहेको नेपाल पञ्चाङग निर्णयक समितिले जनाएको छ ।

असोज १७ गते शुक्रबार बिहान ९ बजेर ५५ मिनेटमा देवी विसर्जनको साइत रहेको र टीका र प्रसाद ग्रहणका लागि बिहान १० बजेर १५ मिनेटको साइत उत्तम रहेको समितिले निर्णय गरेको छ ।

यस वर्ष महानवमी र बिजया दशमी एकै दिन असोज १७ गते परेको पञ्चाङग निर्णयक समितिले जनाएको छ ।
समितिका अनुसार घटस्थापनाको दिन जमरा राख्ने साइत असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा छ । तिथिको घटबढका कारण यस वर्ष आठ रातमा नौ दिनको नवरात्र परेको छ ।

यसैबीच सरकारी कार्यालयका झण्डा फेर्ने साइत असोज १० गते शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा शुभ रहेको समितिले जनाएको छ । यस वर्ष पश्चिम फर्केर झण्डा फेर्नु राम्रो हुने समितिले जानाकारी गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस रूपान्तरणका लागि १० सूत्र सार्वजनिक गरेका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा पौडेल,

चितवन।१०औं महाधिवेशनको उत्तरार्द्धतिर रहेको एमालेभित्र आगामी नेतृत्व को भन्ने विषयमा सहमतिको प्रयास जारी छ । भीम रावलले अध्यक्षमा दाबी गरेपछि