कर्मचारीको आन्दोलनका कारण बन बिज्ञान विश्वबिद्यालय ठप्प

२७ भाद्र २०७१, शुक्रबार ०८:३६ मा प्रकाशित

चितवन, २७ भदौ । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको पठन पाठन अस्तव्यस्त भएको छ ।

दुई महिनादेखि प्राध्यापक तथा कर्मचारीको आन्दोलनका कारण विश्वविद्यालयको पठनपाठनसमेत प्रभावित भएको प्राध्यापकहरुले बताएका छन् ।
नियमसङ्गत कर्मचारी तथा प्राध्यापक नियुक्ति नभएको भन्दै प्राध्यापक र कर्मचारीले तालाबन्दी गरेर अनिश्चितकालीन धर्ना सुरु गरेपछि विश्वविद्यालय ठप्प भएको हो ।

विश्वविद्यालयका रजिस्टार सुर्यकान्त घिमिरेले एकथरी प्राध्यापकको आन्दोलनका कारण पठनपाठन ठप्प भएको बताए ।
उनले अहिले छलफल र वार्ता सुरु भएकाले निकास निस्कने आशा व्यक्त गरे । प्राध्यापक र कर्मचारीले गत असार १५ देखि विश्वविद्यालयको डिन कार्यालयमा तालाबन्दी गरी आन्दोलन थालेका थिए ।

जसका कारण प्रशासनिक कार्य बन्द भएको थियो । विश्वविद्यालयको विधानविपरीत कर्मचारी र प्राध्यापक नियुक्ति गरेको आरोप लगाउँदै त्यसको विरोधमा ४१ दिनदेखि नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन र कर्मचारी थप आन्दोलनस्वरुप धर्नामा समेत उत्रिएको सङ्गठनका सदस्य अनन्त सुवेदीले बताए ।

सोही विषयलाई लिएर उनीहरुले गएको साउन ११ गतेदेखि नै आन्दोलन सुरु गरेका थिए । पुनः साउन १८ गते चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै प्राध्यापक कर्मचारी धर्नामा बसेका कारण विश्वविद्यालय थप प्रभावित भएको हो ।

अवैधानिक नियुक्तिको प्रक्रिया खारेज गर्नुपर्ने, त्रिविबाट विश्वविद्यालय समायोजन गर्नुपर्ने, शिक्षक विश्वविद्यालय व्यवस्थापन अनुदान आयोगको सिफारिसबाट दरबन्दी सृजना गरी पदपूर्ति गर्नुपर्नेलगायतका माग आन्दोलनरत प्राध्यापक, कर्मचारी र विद्यार्थीले राखेका छन् ।
नियुक्ति प्रक्रिया रोक्न माग गर्दै प्राध्यापक कर्मचारीले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार