संबिधान लेखन प्रक्रिया परिणाममुखी बन्दै

२७ भाद्र २०७१, शुक्रबार ०८:२६ मा प्रकाशित

nepallawmakers

काठमाडौं, २७ भदौ । संविधानका अन्तरबस्तुमा भएका सहमति र असहमतिका बुँदाहरु समेटेर तयार पारेको प्रतिबेदनमाथि शुक्रबारबाट संविधानसभाको बैठकमा छलफल सुरु हुने भएको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा विहान ११ बजेपछि सुरुहुने बैठकमा राजनीतिक संवाद तथा सहमति समितिले बुझाएको प्रतिबेदनमाथि छलफल हुन लागेको हो । संवाद समितिले बुझाएको १ सय पृष्ठको प्रतिबेदनमा बोल्ने सभासद्हरुको संख्याका आधारमा समय निर्धारण गर्ने संसद सचिवालयले जनाएको छ ।

संविधानसभामा हुने छलफल पछि सहमति भएका विषयहरु मस्यौदा लेखन समिति र असहमतिका विषयहरु फेरि संवाद समितिमा पठाउने तयारी गरिएको छ । असहमतिका बुँदाहरुमा सहमति जुटाउन यसअघि भदौ २१ सम्मको कार्यतालिका तोकिएको थियो । तर दलहरुका विचमा राज्यको पुर्नसंरचना, शासकिय स्वरुप र निर्वाचन प्रक्रियाका विषयमा कुरा नमिल्दा संवाद समितिले सहमति जुटाउन सकेको थिएन् ।

संवाद समितिलाई नै फेरि सहमति जुटाउने जिम्मा दिने की संविधानसभामा मतदान गराएर विषय टुंगाउने भन्नेमा दलहरु अझै विभाजित छन् । सत्ताढ दल नेपाली कांग्रेस र नेकपा एमाले निर्वाचन प्रक्रियामा गएर भएपनि टुंगाउनु पर्ने पक्षमा रहेका छन् भने विपक्षी दलहरु त्यसको विरोधमा रहेका छन् ।
यसैबीच, व्यवस्थापिका संसदको बैठक शुक्रबार पनि बोलाइएको छ । तर विपक्षी दलहरुले आफ्ना माग संवोधन नभएको भन्दै बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमाको १०औँ महाधिवेशनका लागि २१७५ जना महाधिवेशन प्रतिनिधि छनोट भएको छ । एमलेले आदिवासी, महिला, जनजाति समेटेर

काठमाडौं । नेकपा एमालेको दशौ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहान १० बने बन्दसत्र सुरु हुने भएको छ । नारायणी

चितवन । नेकपा एमालेले चितवनमा जारी दशौं महाधिवेशनलाई चर्चा गरेजस्तो व्यवस्थित बनाउन सकेन । उद्घाटसत्रमा पाँच लाख जनता उतार्ने उद्घोष

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संरक्षक परिषद्ले संघको विवाद समाधान गरी छिट्टै निर्वाचन तथा महाधिवेशन गराउन पहल थालेको

आजको प्रमुख समाचार