आईएसबिरुद्ध अमेरिकालाई अरबको साथ

२७ भाद्र २०७१, शुक्रबार ०८:१५ मा प्रकाशित

एजेन्सी, २७ भदौ । साउदी अरबका मन्त्रीहरु र अमेरिकी विदेशमन्त्री जोन केरीबीच सिरिया र इराकमा संघर्षरत आतंकवादी समूह इस्लामिक स्टेट विरुद्ध कार्बाहीमा उत्रने सहमती भएको छ ।

दुई पक्षबिच भएको छलफलमा सिरिया र इराकका आतंकवादी समुहलाई नष्ट गरेरै छाड्ने रणनीतीबारे छलफल भएको हो ।
यसअघि रुसले अमेरिकाले गर्न लागेको सिरियाका चरमपन्थी समुहका विरुद्धको आक्रमण अन्तर्राष्टिय कानुनविपरित हुने चेतावनी दिएको थियो ।
ईस्लामिक स्टेटले उत्तरी ईराक र सीरियाको ठुलो भुभाग कब्जामा लिदै आएको छ ।

यसैबिच, अमेरिकी राष्ट्रपति बाराक ओवामाले सिरिया र इराकका आतंकवादी समूह इस्लामिक स्टेट विरुद्ध कारबाही गर्न आफू कुनै हालतमा पछि नहट्ने बताएका छन् ।
सो समूह विरुद्ध आफ्नो रणनीति सार्वजनिक गर्दै एक सम्बोधनमार्फत उनले अमेरिकालाई तर्साउने कुनै पनि समूहले स्वर्गमा पनि सुरक्षित बास नपाउने चेतावनी दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतको कर्नाटकमा पहिलोपटक कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोनका दुईजना संक्रमित फेला परेका छन्। भारत सरकारको प्रयास हुँदाहुँदै पनि नयाँ भेरियन्टका

न्यु योर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अफ्रिकी महादेशसँग कोभिड–१९ को महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले

लस एञ्जलस । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका

काठमाडौँ ।२०१९ को मध्यतिरदेखि देखा परेको कोरोना भाइरसले अझै पनि विश्वलाई आक्रान्त पारिरहेको छ । समयसँगै परिवर्तन भइरहने यो भाइरसको

आजको प्रमुख समाचार