एएफसी अन्डर १६ फुटबल च्याम्पियनसिपबाट नेपाल बाहिरियो

२६ भाद्र २०७१, बिहीबार १९:४६ मा प्रकाशित

काठमाडौ २६ भदौ /  एएफसी अन्डर १६ फुटबल च्याम्पियनसिपबाट नेपाल बाहिरिएको छ । उत्तर कोरियासँग पराजित भएसँगै आगामि वर्ष हुने अन्डर १७ विश्वकप फुटबल खेल्ने नेपालको सपना समाप्त भएको छ ।

थाइल्याण्डको राजामङ्गला स्टेडियममा सम्पन्न निकैनै महत्वपुपर्ण खेलमा नेपाल उत्तर कोरियासँग ४–१ गोलको फराकिलो अन्तरले पराजित भयो ।
खेलको चौथो मिनेटबाटै गोल गर्न थालेको कोरियाले खेलको २३ औ मिनेटमा अग्रता दोब्बर बनायो ।

त्यसको ३ मिनेटपछि नेपालका अनन्त तामाङले गोल गरि अग्रता कम गरे । तर त्यसलगतै कोरियाले पुन गोल फर्कायो । एकपक्षिय रुपमा खेलका हावि भएको कोरियाले पहिलो हाफको अन्तीम समयका पुन चौथो गोल गर्न पुग्यो ।

त्यसपछि कुनै पनि टिमबाट गोल हुन सकेन र नेपाल क्वाटरफाइनलमा पुग्नबाट बाहिरियो । १६ टिमको सहभागिता रहेको प्रतियोगिताको नेपाल रहेको समुहबाट उज्वेकिस्तान र उत्तर कोरिया क्वाटरफाईनल प्रवेश गर्न सफल भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणकाे अन्तिम खेलमा आज (मंगलबार) समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’का खेलहरू हुँदैछन् ।

काठमाडौं।आठौंपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) का प्रशिक्षक फुजा तोपे नेपाल आइपुगेका छन् । मंगलबार

अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकार उल्लंघनमा घटनामा

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेका नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको

आजको प्रमुख समाचार