नयाँ संविधान लेखन प्रक्रिया छिट्टै सुरुहुने

२६ भाद्र २०७१, बिहीबार १९:३४ मा प्रकाशित

Sambidhan Sabhaनयाँ संविधान लेखन प्रक्रिया छिट्टै सुरुहुने भएको छ । संविधानसभाको सबैभन्दा महत्वपूर्ण समिति राजनीतिक संवाद तथा सहमति समितिले भदौ २१ गते भित्र जुटाएका सहमतिहरुलाई आजको संविधानसभा बैठकमा पेश गरेसँगै लेखन प्रक्रियाकालागि बाटो खुला भएको हो ।

यसअघिको संविधानसभामा पहिलो मस्यौदा समेत पेश हुन सकेको थिएन् । संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले आज बसेको संविधानसभाको पूर्ण बैठकमा प्रतिबेदन पेश गर्दै अहिले सम्म भएका गतिविधीको जानकारी गराउनु भएको थियो । दलहरुका विचमा सहमति नजुट्दा प्रतिबेदनलाई कसरी पेश गर्ने अन्यौल बढेका बेला समितिले सहमति जुटाएका र विवादित विषय पेश भएको हो ।

सहमति जुटेका विषयमाथि सभासद्हरुले भोलीबाट आफ्नो धारणा राख्न सुरु गर्ने छन् । त्यसपछि संविधान लेखनले औपचारिक बाटो समाउने छ । प्रतिबेदन पेश गर्दै सभापति भट्टराईले दलहरुका बीचमा सहमतिको प्रयास गर्दा गर्दै पनि नभ्याएको बताउनु भएको छ । उहाँले भन्नुभयो ‘देश र जनताले हामीलाई हेरिरहेका छन्।

पटक पटक असफल हुदै अन्तिम मौका स्वरुप संविधासनभाबाट संविधान निर्माण गर्ने अवसर पाएका छौं।’ उनले सहमति निर्माणका लागि शीर्ष नेताहरुको तहमा अनौपचारिक बैठक बसेको, ट्राक टु बाट कुराकानी भएको, अनौपचारिक बैठब बसेको र ६ वटा उपसमिति बनाएर काम गरिएको जानकारी दिनुभयो । समितिलाई प्राप्त भएकामध्ये तीसवटा विवाद समाधान भएको र १३ वटा विवाद बाँकी रहेको भट्टराईले जानकारी दिनुभयो । राज्य पुनर्संरचना, शासकीय स्वरुप, संवैधानिक निकाय, निर्वाचन प्रणालीसँग सम्बन्धित विषय अझै बाँकी छन् ।

संविधानसभा बाहिर रहेका दलहरुबाट प्राप्त सुझावमा उपसमितिमा छलफल भइरहेको र संविधानसभा वहिष्कार गरेका दलहरुले समितिसँग वार्ता अस्वीकार गरेकाले सरकारसँग वार्ता भइरहेको पनि जानकारी दिनुभयो । समितिका सभापति भट्टराईले माघ ८ मा संविधान जारी गर्ने विषयमा पनि दलहरुका विचमा सहमतिको अझै प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।

सहमतिय कि बहुमतिय भन्ने लडाईले फेरि संविधान नबन्ने खतरा रहेको औल्याउदै उहाँले सहमतिको विकल्प नभएको पटक पटक दोहोर्याउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने

आजको प्रमुख समाचार