बाढीका कारण पाकिस्तानमा ७ लाख बिस्थापित

२६ भाद्र २०७१, बिहीबार १४:१८ मा प्रकाशित

पाकिस्तान, २६ भदौ । पाकिस्तानको बाढी प्रभावित क्षेत्रका ७ लाख भन्दा बढी मानिस घर छोडी अन्यत्र जान बाध्य भएका छन् ।

भारत प्रशासित काश्मिरका खोलानालाका पानी बगेर पाकिस्तान पुगेकोले पाकिस्तानमा डुबान क्षेत्र बढिरहेको बताइएको छ । बाढि प्रभावित काश्मिरको श्रीनगर विमानस्थलमा काश्मिर छोड्ने कामदारहरुको भिड लागेको समाचारमा उल्लेख गरिएको छ ।

बाढि र पहिरोका कारण भारत र पाकिस्तनमा ४ सय ५० भन्दा बढिको मृत्यु भइसकेको छ । दुबै देशका प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सघाउन सेना तथा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भारत प्रसाशित काश्मिरमा बाढीका कारण २ सय जनाको मृत्यु भएको छ भने ४ लाख मानिस विस्थापित भएको अधिकारीहरुको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार

काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको