सर्वपक्षीय राजनीतिक सभा अन्यौलमा

२६ भाद्र २०७१, बिहीबार १४:१६ मा प्रकाशित

काठमाडौं, २६ भदौ । नेकपा–माओवादीको माग बमोजिमको सर्वपक्षीय भेला गर्ने बिषयमा दलहरु सहमत भए पनि त्यसको मिति तय हुन नसक्दा सभा अन्यौलतर्फ धकेलिएको छ ।

भेलाको मिति तय गर्ने सम्बन्धमा दलहरु लगातार छलफलमा रहे पनि मितिमा कुरा नमिल्दा सर्वदलीय भेला अन्यौलमा परेको हो । लामो समयदेखि प्रमुख चार दल सर्वपक्षीय भेलाको मिति तय गर्ने बिषयमा घनिभूत छलफलमा छन् ।

बिहिबार पनि नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र नेकपा माओवादीका शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई छलफल गरेका थिए । दलहरुको आआफ्नो अडानका कारण भेलाको मिति टुंगो लाग्न नसकेको बैठकमा सहभागि एक नेताले बताए ।

नेपाली काँग्रेस र एमाले भदौ महिना भित्रै सर्वपक्षीय भेला गर्ने पक्षमा छन् भने नेकपा माओवादी असोज महिनाको पहिलो साता उक्त भेला गर्नु पर्ने अडानमा रहेको छ । काँग्रस र एमालेले संबिधान निर्माणको कार्यतालिका प्रभावित हुने भन्दै छिट्टै गर्नु पर्ने अडानमा रहेका छन् ।

यसका साथै प्रधानमन्त्री शुसील कोइराला राष्ट्र संघको महासभामा भाग लिन असोज ३ गते अमेरिका जाने भएकाले त्यस भन्दा अगाडीनै भेला गर्नु पर्ने पक्षमा रहेका छन् । दलहरुको निष्कर्षबिहिन छलफलको निरन्तरताले सर्वपक्षीय सभा अन्यौल तर्फ धकेलिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भइ कार्यरत १६१३ कर्मचारीको एकैपटक सरुवा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निमाणमा उल्लेखनीय सफलता हासिल गरेको छ । एकातर्फ परम्परागत मौलिक शैलीमा निर्माण सामग्रीका प्रयोग गरेर बनाइएका