नेविसंघ महाधिबेशनको तयारी अन्तिम चरणमा

२६ भाद्र २०७१, बिहीबार ०९:२० मा प्रकाशित

काठमाडौं, २६ भदौ । नेपाल विद्यार्थी संघको आसन्न महाधिबेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी आइतबारदेखि काठमाडौमा सुरु हुने महाधिबेशनका लागि अहिले सम्म ७५ मध्य ६५ जिल्लाको अधिबेशन सम्पन्न भइसकेको र बाँकी जिल्लाहरुमा पनि भोली सम्ममा अधिबेशन सकिने नेविसंघले जनाएको छ ।

लामो समयसम्म हुन नसकेको सङ्घको महाधिवेशन यसपटक भने अनिवार्य सम्पन्न गर्ने सङ्घको लक्ष्य र मातृ पार्टी नेपाली काँग्रेसको निर्देशन भएसँगै सङ्घले अधिवेशनको तयारी तीव्र बनाएको हो ।
महाधिवेशनकै लागि काठमाडौँ उपत्यकाका क्याम्पसको अधिवेशन पनि दुई, तीन दिनभित्रमा नै सम्पन्न गर्ने लक्ष्य नेविसङ्घले राखेको छ ।

अधिवेशन हुन बाँकी अन्य १० जिल्लामा भने सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने र नभएमा नेतृत्व चयनलाई थाँती राख्दै महाधिवेशन प्रतिनिधि चयन गरिने भएको छ ।

काठमाडौँको वाल्मिकी क्याम्पसमा उद्घाटन हुने महाधिवेशन त्रिवि कीर्तिपुरमा बन्दसत्र हुने कार्यक्रम रहेको छ ।
देशभरबाट लगभग २५ सय प्रतिनिधि आउने महाधिवेशनका लागि लगभग एक करोड ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् । चितवनमा भएको १०औं महाधिशनमा भीम रावललाई फराकिलो

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा ३ वटा दर्जा (पद) थपेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउनका लागि भन्दै सहायक तहमा

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको