अञ्जुले व्यवसायिक धर्म छोड्दा…

२६ भाद्र २०७१, बिहीबार ०६:३९ मा प्रकाशित

Anju_Panta_mero_nepalमीठो आवाजकी धनी गायिका अञ्जु पन्त विचार, सोच र मानसिकताको आधारमा भने कहिले पनि धनी हुन सकिनन्– गायिका अञ्जुका शुभचिन्तकहरू यसै भन्छन्। तर, अञ्जु स्वयम् भने यो मान्न तयार छैनन्। ‘ममाथिको गलत आरोप हो यो। म सबैसँग खुलेर प्रस्तुत हुन सक्दिनँ। हाइहेल्लो पनि कम छ मेरो। मेरो यही रिजर्भ व्यवहारलाई लिएर बजारमा मेराबारे गलत अफवाह फैलाउने गरिन्छ,’ उनको तर्क यस्तो छ।
कहिले साङ्गीतिक कार्यक्रमहरूमा मदिरा पिई हल्लाखल्ला गरेर त कहिले श्रीमान्सँगको असान्दर्भिक पारपाचुकेका कारण बजारमा ‘समाचार’ बनिरहने गायिका अञ्जु पन्त यो हप्ता एउटा धार्मिक गीतका कारण चर्चामा आएकी छिन्। आफू क्रिश्चियन भएका कारण हिन्दू देवताको नाम भएको गीत नगाउने उनको तर्कसँग उनका प्रायः प्रशंसक उनीप्रति रुष्ट हुन पुगेका छन्। ८६ प्रतिशत हिन्दूहरू भएको यस मुलुकमा अञ्जुजस्ती प्रतिभाशाली गायिकाले क्रिश्चियन भएकै कारण आफू हिन्दू देवताको नाम उच्चारण गरेर गीत गाउन असमर्थ भएको जवाफ दिएपछि उनको यो सोच र विचारको चौतर्फी विरोध सुरु भएको थियो। कलाकारको कुनै धर्म, जात वा पेसा हुँदैन भनेर कुनै समय गीतबाटै उदाहरण पेस गर्ने अञ्जुलाई कसको, किन दबाब आयो र उनले हिन्दूहरूको महान् चाड दशैँसम्बन्धी गीत गाउन मानिनन्? कुरा बुझिसक्नु छैन।
पारिश्रमिक कुरा नमिलेर, समय नमिलेर वा स्वास्थ्य बिग्रनाले गीत गाउन नसक्ने कारण पेस गरेको भए सबैलाई मान्य हुन्थ्यो होला, तर पछिको बाटो र त्यसले बजारमा जन्माउने क्रिया–प्रतिक्रियाको वास्ता नै नगरी अञ्जुले धार्मिक गीत नलगाउने जुन कारण पेस गरिन् त्यो कारणले गर्दा उच्चकोटिको श्रेणीमा राखिएकी यी गायिकाको साख, वजन र गरिमामा असर मात्र परेको छैन कि दीर्घकालीन रूपमा पनि उनलाई ठूलै असर पर्ने निश्चित भएको छ।
पारिवारिक विक्षिप्तता अनि सङ्गीतकारहरूसँगको मनमुटाव र आफ्ना सहकर्मी गायिकाहरूसँगको वैमनष्यताले पनि यतिबेला अञ्जुलाई विचलित पारिरहेको कुरा जानकारहरू बताउँछन्। उनलाई गीत गाउन लगाउन वा विदेशको कार्यक्रमतिर लैजानका लागि अञ्जुसँग सिधै भेट्ने अवसर आजभोलि पाइँदैन। उनकी दिदीसँग कुराकानी मिलेपछि मात्र अञ्जुजीको ‘दर्शन’ पाइन्छ। अञ्जुलाई दुःख पर्दा सहयोग गर्ने र पुर्याीउने अनि उनलाई गीत गाउन अवसर दिने गीत–सङ्गीतकर्मीहरू पनि यतिबेला अञ्जु र उनकी दिदीको यस्तो व्यवहारबाट रुष्ट हुन पुगेका छन्। राजा–महाराजाहरूलाई भेट्न जान पर्ने गरी अञ्जुलाई सम्पर्क गर्नुपर्ने दिन आएपछि गीत/सङ्गीतकर्मीहरू अञ्जुलाई छाडेर अन्य गायिकाहरू मिलन अमात्य, रजिना रिमालतिर आकर्षित हुन थालेका छन्। अञ्जुको यस्तै व्यवहारले गर्दा पछिल्लो समय उनको आवाज चलचित्रका गीतहरूमा सुनिन छाडिएको छ।
आफूले हिन्दू देवताबारे त्यसो नभनेको प्रस्ट पार्दै अञ्जुले हस्तलिखित विज्ञप्ति पनि निकालिन्, तर प्रस्तुत विज्ञप्तिमा कहीँ पनि ‘म व्यावसायिक गायिका हुँ, मेरा श्रोता र प्रशंसक सबै भाषाभाषी, जाति र धर्म मान्ने हुन् अनि म सबै गीत गाउँछु’ भनेर उल्लेख गरेकी छैनन्। उनको विज्ञप्ति पढ्दा लाग्छ उनले गीत गाइदिएर श्रोतालाई ‘दया’ गरिरहेकी छिन्। त्यही गीत गाएकै कारण आफ्नो यात्रा अगाडि बढेको र श्रोताहरूकै कारण आफू यो ठाउँमा पुगेको कुरा उनले बिर्सिएकी छिन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी