मोर्चासहित तीन दलको बैठक फेरि पनि निष्कर्स विहीन

१३ जेष्ठ २०६९, शनिबार २०:४८ मा प्रकाशित

काठमाडौ, १३ जेठ । संविधानका विवादित विषयमा सहमति जुटाउन बसेको मधेसी मोर्चा सहित तीन दलको बैठक फेरि पनि निष्कर्स सकिएको छ  । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलहरुवीच लामो समयदेखि विवादित रहँदै आएको राज्यको पुर्नसंरचनाको विषयमा छलफल भएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहालको विशेष आग्रहमा बसेको बैठकमा सहमतिका विभिन्न विकल्पमा छलफल भए पनि दलहरुले आफ्नो अडान नत्यागेपछि बैठक  विनानिष्कर्स टुङगिएको मोर्चाका नेता राजेन्द्र महतोले जानकारी दिए ।
एमाले नेता केपी ओलीले प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डले आकस्मीक रुपमा बैठक बोलाएको ले नयाँ प्रस्ताव आउला कि भनेर आफूहरुले अपेक्षा गरे पनि कुनै नयाँ प्रस्ताव नआएको बताए ।
बैठकमा ८, १० र ११ प्रदेशको विषयमा छलफल भएको नामाङकन र सिमाङक कसरी गर्ने त्यस्तै सहमति बन्न नसक्दा संविधान विहीन अवस्थामा कसरी मुलुकलाई अगाडि बढाउने लगायतका विभिन्न विषयमा छलफल भएको थियो । आजको बैठकमा सहमति बन्न नसके पनि दलहरुले सहमतिको प्रयासलाई भोली पनि जारी राख्ने भएका छन् । सहमतिकालागी शिर्ष बैठक आईतवार विहान ९ बजे पुन बस्ने छ । यसअघि आजै बसेको बैठकमा दलहरुले अडान कायम राखेपछि एक अर्कालाई संविधान ल्याउन नचाहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र,