‘उदास शनिबार’माथि अन्तक्र्रिया

२५ भाद्र २०७१, बुधबार १८:४२ मा प्रकाशित

काठमाडौं, २५ भदौ । पूर्वमन्त्री रविन्द्र श्रेष्ठले लेखेको ‘उदास शनिबार’ कृतिमाथि बुधबार अन्तक्र्रिया गरिएको छ । तत्कालिन माओवादीको दश बर्षे सशस्त्र युद्ध र प्रेमलाई आधार बनाएर लेखेको उनको ‘उदास शनिबार’ कृतिको अन्तक्र्रिया गरिएको हो ।

यथार्थवादी धरातलमा थोरै काल्पनिकता थपेर लेखिएको उनको उपन्यास ‘उदास शनिबार’ माथि आफ्नो मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि गोविन्दराज भट्टराईले उपन्यास कहाली लाग्दो समयको एक अभिलेख भएको बताए ।

कार्यक्रममा समालोचक अमर गिरीले ‘उदास शनिबार’ सरल, सहज र सम्प्रेषणीय भाषा शैलीमा लेखिएकाले सबैले बुझ्ने बताए । उनले उपन्यास सामाजिक यथार्थबाट भन्दा पनि नियतिबाट ग्रसित भएको टिप्पणी गरे ।

उपन्यासकार रविन्द्र श्रेष्ठले आफुले युद्धकालिन समयका उदास कुराहरुलाई उपन्यासमा उठाएको बताए । ‘उदास शनिबार’ उपन्यास ब्रदर बुक्सले प्रकाशन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले