जवाफदेहिता प्रवद्र्धनमा विश्व बैंकको जोड

२५ भाद्र २०७१, बुधबार १८:३१ मा प्रकाशित

काठमाडौं,  विश्व बैंकले जवाफदेहिता प्रवद्र्धन, सेवा प्रवाह र पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिएको छ ।

नेपालमा जवाफदेहिता प्रवद्र्धन कार्यक्रममा सघाउँदै आएको उक्त बैंकले सरकारी अधिकारी, नागरिक समाज, विकासका साझेदार र सान्दर्भिक साझेदारहरूलाई एकै स्थानमा भेला गराएर त्यसमा जोड दिएको हो ।

बैंकका देशीय निर्देशक जोनेस जाटले प्रतिकूल वातावरणका बावजुद बितेका केहीवर्ष यता नेपालले संस्थागत सुदृढीकरण र पारदर्शिता कायम गर्ने दिशामा उल्लेखनीय प्रगति गरेको बताए ।

उनले नगारिकलाई प्रभावकारी एवम् समावेशी सेवा प्रवाह गर्न सरकारले आफ्नो ध्यान केन्द्रित गरेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व संयन्त्र स्थापना गरी कार्यसम्पादन गर्दै आएको र त्यस्ता गतिविधि दुर्गम जिल्ला तथा स्थानीय तहमा केन्द्रित रहेको बताए ।

अर्थ मन्त्रालयका सहसचिव एवम् अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनीले स्थानीय तहमा मात्र नभई राज्यका समग्र संयन्त्रमा पारदर्शिता एवम् जवाफदेहिता कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार