एन्फा कपको उपाधि झापा ११ लाई

२५ भाद्र २०७१, बुधबार १८:२६ मा प्रकाशित

काठमाडौं, २५ भदौ । एन्फा कप फुटबलको उपाधि झापा ११ ले जितेको छ । बुधबार भएको फाइनल खेलमा संकटा क्लबलाई ४–० गोलले पराजित गरेको हो । जितसँगै झापाले १० लाख रुपैया हात पारेको छ । शंकटाले ५ लाखमा चित्त बुझाएको छ ।

त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको खेलमा ४३ औं मिनेटमा झापाले नागेन्द्र लिम्बुको गोलबाट अग्रता लिएको थियो । १५ औं मिनेटमा संकटाका उत्तम गुरुङको प्रहार क्रस बारमा लागेर फकिर्एको थियो ।
दोस्रो हाफको ५३ औं मिनेटमा डिफेण्डर सुरज थिङ रातो कार्ड पाएर मैदानबाट बाहिरिए थिए ।

७६ औं मिनेटमा झापा ११ ले पेनाल्टी पायो । रावि सिलवालले योगेश गुरुङलाई डिफक्स एरियामा फल गरेपछि पाएको पेनाल्टीमा कर्र्ण लिम्बुले गोल गरे । खेलको ८६ औं मिनेटमा विशाल राईले उत्कृष्ट गोल गरे ।
त्यसको लगतै बुद्ध चेम्जाङले गोल गरेपछि झापा ११ पहिलो पटक आयोजित एन्फा कपको उपाधि जित्न सफल भएको हो ।

त्यस्तै, प्रतियोगिताको उर्वोत्कृष्ट खेलाडी संकटाका सुमन लामा बनेका छन् । उनले मोटरसाइकल पाएका छन् । उनले सेमिफाइनलमा आर्मी विरुद्ध निर्णायक गोल गरेका थिए ।
यस्तै उत्कृष्ट फवार्ड झापा ११ का विशाल राई बनेका छन् । डिफेण्डरमा झापा ११ का देवेन्द्र तामाङ, गोलकिपरमा झापाका दिनेश लामा र प्रशिक्षकमा झापा ११ कै भगिरथ आले उत्कृष्ट घोषित भए ।
उत्कृष्ट मिडफिल्डर भने संकटाका बसन्त गुरुङ बने । उनीहरुले नजही ५०,५० हजार पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । फ्रेन्च लिग वानको शीर्षस्थान टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) आरसी लेन्सविरुद्ध हारबाट जोगिएको छ । शनिबार राति भएको

काठमाडौं । अलिख नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा आयोजना हुने यु–१९ साफ च्याम्पियनसिपको लागि २३ सदस्यीय राष्ट्रिय महिला फुटबल

काठमाडौं । शीर्ष डिभिजन लिग सुरुहुँदै गर्दा ४ क्लबले उपाधिमा दाबेदारी प्रस्तुत गरेको थिए । त्यसमध्ये एक हो, विभागीय त्रिभुवनआर्मी

काठमाडौँ । भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिंगमा न्यूजील्याण्ड ६२ रनमा अल आउट भएको छ । खेलको दोस्रो दिन न्यूजील्याण्ड केवल

आजको प्रमुख समाचार