युक्रेनको संकट समाधान गर्न मुनको आग्रह

२५ भाद्र २०७१, बुधबार १८:२३ मा प्रकाशित

काठमाडौं, २५ भदौ । संयुक्त राष्ट्रसङ्घीय महासचिव बान कि मुनले युक्रेनमा राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । उनले सैनिक समाधान सम्भव नभएकाले राजनीतिक तवरबाटै समस्याको समाधान निकाल्न सुझाव दिएका हुन् ।

युक्रेन सङ्कटको समाधानका लागि नेटो सैनिक त्यहाँ जाने तयारी भइरहेका बेला मुनले त्यसप्रति असहमति जनाएका छन् । उनले संयुक्त राष्ट्रसंघले यक्रेनमा जारी रहेको हिंसाको समाधान शान्तिपूर्ण वार्ताकै माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको बताए ।

उनले रुस र युक्रेनका अधिकारीहरु एक आपसमा वार्ताका माध्यमबाटै समास्याको समाधान निकाल्न पर्ने उल्लेख गरे ।
रुसी विदेशमन्त्री सेरगेई लाभरोभले पनि युक्रेनमा सैनिक हस्तक्षेप गर्ने नीति रुसको नरहेको जानकारी हिजोमात्र दिएका थिए ।

उनले युक्रेनमा जारी रहेको विवादमा कुनै पनि किसिमको सैनिक हस्तक्षेप गर्ने नीति नरहेको र विगतमा पनि रुसले त्यहाँ कुनै पनि सैनिक कारबाही नगरेको दाबी गरे । युक्रेनमा हालैका दिनमा राजनीतिक सङ्कट गहिरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लिमा । पेरुमा शक्तिशाली भूकम्प गरेको छ । उत्तरी पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट एउटा

अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु दक्षिण

चीनको सेनाले ताइवानको सीमानजिकको टापुमा हवाई तथा सामुद्रिक गस्ती गरेको छ । चीनको वायु र जलसेनाले ताइवानको टापुमा गस्ती बढाएको

क्यानबेरा । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य