महाभारत पर्वत शृङ्खलालाई पदमार्गको रुपमा विकास गरिने

२५ भाद्र २०७१, बुधबार १८:२० मा प्रकाशित

नवलपरासी, २५ भदौ । नवलपरासीको महाभारत पर्वत शृङ्खलालाई पर्यटन पदमार्गको रुपमा विकास गरिने भएको छ ।
सुरुमा नवलपरासीको गैँडाकोटदेखि पाल्पाको झिरुवाससम्मको क्षेत्रलाई पदमार्गको रुपमा विकास गरिन लागिएको हो ।

ऐतिहासिक, धार्मिक र प्राकृतिक मनोरम ठाउँ भएकाले उक्त क्षेत्रलाई पदमार्गको रुपमा विकास गरिन लागेको देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिका उपाध्यक्ष हीरासिंह रेश्मी मगरले बताए ।

बाइसे चौबीसे राज्यको पालामा सेनवंशले शासन गरेको त्यसे क्षेत्र ऐतिहासिक हिसाबले महत्वपूर्ण मानिन्छ ।
महाभारत क्षेत्रको मौलकालिका, हात्तीगौँडा, बरचुली, देवचुली, रुद्रपुरगढी हुँदै पाल्पाको झिरुवास क्षेत्र पदमार्गका लागि स्थानीय तहबाट सम्भाव्यता अध्ययन समेत भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

आजको प्रमुख समाचार