प्रधानमन्त्रीद्धारा कानून ब्यवसायीहरुसँग छलफल, सहमतिमै अगाडि बढ्न काग्रेसलाई राष्ट्रपतिको सुझाव

१३ जेष्ठ २०६९, शनिबार २०:४६ मा प्रकाशित

काठमाडौ, १३ जेठ । दलहरुवीच संविधानका विवादित विषयमा सहमति जुटन नसकेपछि संविधानसभाको भविष्यमा संकटमा पर्न थालेको बेला दलहरुको भावी रणनीति र कदमको विषयमा प्रमुख नेताहरु गंभिर छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डले आफू निकट कानून ब्यवसायीहरुसँग छलफल गरेका छन् । दलहरुवीच सहमति नभए र संविधानसभाको विघठन हुने अवस्थामा कस्तो कानूनी विकल्प अपनाउने भन्ने विषयमा छलफल भएको बताईएको छ ।
यता नेपाली काग्रेसका सभापति सुशिल कोइरालासहित उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रपति डा रामबरण यादवसँग छलफल गरेका छन् ।
राष्ट्रपतिसँग संविधानसभा विघठन हुने अवस्थामा लाग्न सक्ने संकटकाल, राष्ट्रपतिको भूमिका लगायतका विषयमा छलफल गर्ने सभापति निकट स्रोतले जनाएको छ । राष्ट्रपतिले काग्रेस नेताहरुलाई सहमतिमै मुलुकलाई निकास दिन सुझाव दिएका छन् । उनले सहमति बाहेक कुनै विकल्प नभएको भन्दै राष्ट्रपतिले दलहरुवीच सहमति कायम गरेर जेठ १४ गतेभित्रमा संविधान जारी गर्नुको विकल्प नभएको बताएका थिए । उनले काग्रेसलाई देश र जनताको पक्षमा गंभिर छलफल गर्न पनि आग्रह गरेका थिए ।
काग्रेस नेताहरुले भने माओवादी र मधेसी मोर्चा संविधान जारी नगरी संविधानसभा विघठन गराएर अन्यौलतमा खेल्ने योजनमा रहेको भन्दै त्यसप्रति सचेत रहन राष्ट्रपतिसँग आग्रह गरेका थिए ।
त्यस्तै नेकपा एमाले पनि  छलफलमा जुटेको छ । एमालेले बृहद मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेको छ । एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा विवादित विषयमा सहमतिका अलावा प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा छलफल भएको बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार