जगदीशपुर ताललाई अन्तर्राष्ट्रिय पुरस्कार

२५ भाद्र २०७१, बुधबार १८:१८ मा प्रकाशित

कपिलबस्तु, २५ भदौ । कपिलवस्तुस्थित जगदीशपुर तालले अन्तर्राष्ट्रिय स्तरको पुरस्कार ‘इक्वेडर प्राइज २०१४’ प्राप्त गरेको छ ।

जैविक विविधता संरक्षण गर्दै उक्त ताल वरपरका महिलाले आयआर्जनका क्रियाकलाप सञ्चालन गरी गरिबी निवारणमा योगदान पुर्याएबापत उक्त पुरस्कार प्राप्त भएको हो ।
प्रत्येक दुई÷दुई वर्षमा प्रदान गरिने पुरस्कार नेपालले पहिलोपटक प्राप्त गरेको हो । पुरस्कारको राशी पाँच हजार अमेरिकी डलर रहेको छ ।

विश्वका १ सय २१ देशबाट एक हजार २ सय ३४ संस्थाले पुरस्कारका लागि आवेदन दिएकामा २६ वटा संस्थालाई पुरस्कृत गरिएका मध्ये नेपालबाट जगदीशपुर ताल र कास्कीको संरक्षण क्षेत्र व्यवस्थापन समितिले पुरस्कार जित्न सफल भएको हुन ।

तालले इक्वेडर प्राइजको साथै ‘स्पेसल रिकग्निसन’ बापत थप १५ हजार डलर समेत प्राप्त गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभाका अवसरमा महासचिव वानकी मुन, अमेरिकी राष्ट्रपति बाराक ओवामा लगायत विश्वका राष्ट्र तथा सरकार प्रमुखहरूको उपस्थितिमा पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।सानै उमेरमा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्ने सूचीमा १९ वर्षीया करिना पुरी पनि थपिएकी छन् । करिना पुरी महाधिवेशन प्रतिनिधिका

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको चुनावका लागि भएको मतदानमा ३९ जनाले भोट हालेका छैनन् । केन्द्रीय निर्वाचन आयोगका सदस्य