एमाले प्रमुख सचेतकमा अग्नी खरेल नियुक्त

२५ भाद्र २०७१, बुधबार १८:१५ मा प्रकाशित

काठमाडौं, २५ भदौ । नेकपा एमालेको प्रमुख सचेतकमा अग्नी खरेल नियुक्त भएका छन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले खरेललाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

दुई साताअघि मन्त्रिपरिषद्बाट सभासदमा नियुक्त भएका खरेल अघिल्लो संविधासभामा पनि समानुपातिकबाट सभासद बनेका थिए । कानुन व्यवसायीसमेत रहेका खरेल संसदीय मामिलाका जानकार मानिन्छन् ।

चुनाव लगत्तै संसदीय दलको नेता चयन भए पनि प्रमुख सचेतक र सचेतक तोकिएको थिएन । उनी अध्यक्ष ओलीको विश्वासपाका रुपमा परिचित छन् ।

यसैविच, नेपाली काँग्रेसका सभापति शुशिल कोईरालाले पार्टीको प्रचार विभागको सदस्य सचिवमा पत्रकार दामोदर प्रसाद दवाडीलाई नियुक्त गरेका छन् ।
लामो समय देखि पत्रकारितामा क्रियाशिल दवाडीलाई विभागको सदस्य सचिवमा नियुक्त गरेको पत्र आज पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीले उनलाई प्रदान गरेका हुन् ।

पत्रकार दवाडी यसअघि पनि प्रचार विभागको सदस्य थिए ।
नेपाल प्रेस युनियनका पुर्वबरिष्ठ उपाध्यक्ष दवाडी लोकतान्त्रीक राष्ट्रिय छापामाध्यम संजालका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र