संबिधानका विवादित बिषयमा सहमति जुट्न सकेन

२५ भाद्र २०७१, बुधबार १६:१९ मा प्रकाशित

काठमाडौं, २५ गते । संबिधान निर्माणका बिबादीत बिषयमा सहमति जुटाउने समय बिति सक्दा समेत प्रमुखदलहरुले आफ्ना अडान नछाडेपछि बुधबारको बैठक पनि निष्र्कस बिहिन भएको छ ।

भदौ २१ गते सम्ममा सबै बिबादीत बिषयमा सहमति जुटाउने प्रतिबद्धता ब्यक्त गरेका प्रमुख दलहरुले अडान नछाडेपछि बैठक उपलब्धिहिन हुन पुगेको हो ।
संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बावुराम भट्टराईको आह्वानमा समितिको कार्यालय सिँहदरबारमा बसेको बैठकमा बुधबार पनि संविधानका अन्तरवस्तुमा सहमतिगर्न दलहरु असफल भएका छन् ।

प्रमुखदलहरुले सहमति गरेअनुसार काम नभएपछि संबिधान निर्माणको कार्यतालिका समेत प्रभाबित हुने भएको छ ।
राज्यको पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली न्याय प्रणाली लगायतका विषयमा दलहरुले अझै अडान छाडेका छैनन् ।

समितिले आफ्नो समयभित्र विवादित विषयमा सहमति जुटाउन नसकेपछि समितिमा आएका बिषयहरुलाई जस्ताको त्यस्तै संविधानसभाको पुर्ण बैठकमा पेश गर्ने तयारी गरेको छ । पुर्ण बैठकमा गएपछि बिबादीत बिषयहरु बहुमतका आधारमा समाधानहुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल