नेपालको राजनीतिक अवस्थाबारे युरोपियनको चासो

२५ भाद्र २०७१, बुधबार १६:१७ मा प्रकाशित

काठमाडौं, २५ गते । प्रधानमन्त्री सुुशील कोइरालासंग नेपालका लागि यूरोपेली यूनियनका राजदूतहरुले संयुक्तरुपमा भेट गरेका छन् ।

प्रधानमन्त्रीे निवास वालुवाटारमा बुधबार भएको भेटमा यूरोपेली यूनियनले नेपालको आर्थिक सामाजिक विकासमा पु¥याएको सहयोग, नेपालले हालै भोगेको प्राकृतिक प्रकोप, नेपालको राजनीतिक अवस्थाको बारेमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री कोइरालाले आफ्नो प्रतिवद्धता र प्राथमिकता दुवै संविधान भएको बताए । उनले संविधान निर्माणका लागि संविधानसभा बाहिर रहेका दलहरुसंग पनि निरन्तर वार्ता भैरहेको र सबैको भावना समेटिएको संविधान जारी हुनेमा विश्वस्त भएको बताए । प्रधानमन्त्री कोईरालाले शान्ति प्रकृया टुंगोमा पुर्याउन यूरोपेली यूनियनले गरेको सहयोगको सरहाना गरे ।

उनले संविधान आएपछि मुलुकमा शान्ति र राजनीतिक स्थिरता पनि कायम हुने र यस्तो अनुकूल बातावरणमा विकासले गति लिने पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न

काठमडौँ । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।